निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव

<span class='c1'>निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले</span> <span class='c2'>गुण लगाएर गए : विप्लव</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन् ।

उनले भने, ‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । नेपालको राज्यसत्ता अन्धो थियो, राज्यसत्ता बहिरो थियो, राज्यसत्ता निरंकुश थियो, राज्यसत्ता मुर्ख बन्दै गएको थियो । जनताविरुद्धमा तानाशाही बन्दै गएको थियो । हाम्रा जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी सत्ता एवम दलालहरु र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर आगोमा खरानी बनाइदिए । म ति शहीद र तिनका परिवारलाई सम्मान गर्न चाहन्छु ।’जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्