निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त

<span class='c1'>निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र</span> <span class='c2'>स्रोतसाधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त</span>

काठमाडौं । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको निर्वाचनको तयारी सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको भन्दै त्यसको लागि सरकारले शान्ति सुरक्षा र स्रोतसाधनको सुनिश्चितता गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको अवस्थामा निर्वाचनमा जाने बाहेक हामीसँग अरु विकल्प छैन । निर्वाचनमा जानको लागि के के पूर्वसर्तहरु चाहिन्छ भन्दा सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनको लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्यो । दोस्रो स्रोत र साधनको सुनिश्चितता गर्नुपर्यो । निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै पनि हालतमा विथोलिँदैन् र कसैले पनि असुरक्षाको भावना बोकेर निर्वाचन स्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ ।’यस्तै, उनले संविधानभित्र रहेर निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आवधिक निर्वाचनमा पुग्न नसक्ने र निर्वाचन नगरि नहुने अवस्था भएको भन्दै यस्तो अवस्थामा आवधिक निर्वाचन होईन अग्रिम र आकस्मिक निर्वाचन गर्ने निर्णय अनुसार अगाडि बढेको बताए ।

उनले भने, ‘कुनै पनि आन्दोलन भएपछि पुरानो संविधानलाई विस्थापित गर्छ र नयाँ संविधान तर्जुमा गरेर स्थापित हुन्छ र यो अहिलेको आन्दोलनले ७२ सालको नेपालको संविधानलाई विस्थापित गरेको अवस्था होईन । आयोगको बुझाई यस्तो छ । संविधानभित्र पनि रहने र संविधानभित्र रहेर काम गर्दा प्रतिनिधिसभाको मिति घोषणा भइसकेको अवस्थामा, आवधिक निर्वाचनमा पुग्न सकेनौँ, निर्वाचन नगरि नहुने अवस्था भयो, संविधानको धारा र उपधारा पल्टाउने समय पनि भएन त्यसकारण यसलाई हामीले कसरी सम्बोधन गरेका छौँ भने आवधिक निर्वाचन होइन अग्रिम निर्वाचन र आकस्मिक निर्वाचन गर्ने ।’
यो निर्वाचनलाई कसरी सम्पन्न गर्ने भन्ने कुरामा आयोग दत्तचित्त भएर अगाडि बढेको र यसमा सरकारको तर्फबाट पनि प्रतिबद्धता भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्