हायात रिजेन्सी काठमाडौंको १३३ जना श्रमिक कटौती गर्ने घोषणा

<span class='c1'>हायात रिजेन्सी काठमाडौंको १३३ जना</span> <span class='c2'>श्रमिक कटौती गर्ने घोषणा</span>

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख गरिएको छ । कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने जनाएको छ । होटलका अनुसार, विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो ।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको जनाएको छ । होटलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ । होटलका महा–प्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “हालको अवस्था र आर्थिक क्षतिका कारण होटल सञ्चालन निरन्तर गर्न असम्भव भएकाले २०७४ को श्रम ऐन बमोजिम २३१ जना श्रमिक कटौती गर्नुपरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्