स्मार्ट नामक समूहले निःशुल्क वित्तीय साक्षरता तालिम मङ्सिर १५ देखि गर्ने

<span class='c1'>स्मार्ट नामक समूहले निःशुल्क वित्तीय साक्षरता</span> <span class='c2'>तालिम मङ्सिर १५ देखि गर्ने</span>

विराटनगर मङ्सिर ४ ,
वित्तीय ज्ञान अभावका कारण धेरै नेपालीहरू गलत लगानी, अनावश्यक खर्च र दीर्घकालीन आर्थिक योजनाबाट टाढा भइरहेका बेला स्मार्ट नामक समूहले निःशुल्क वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने भएको छ। तालिम मङ्सिर १५ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

नेपालका लगानीकर्ता, विद्यार्थी, जागिरे, गृहिणी तथा आर्थिक रूपमा सशक्त बन्न चाहने सबैलाई लक्षित गर्दै आयोजना गरिएको यस ६ दिने अनलाइन तालिम पूर्णरूपमा निःशुल्क रहनेछ। सहभागीहरूले दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक सचेतना, पैसाको व्यवस्थापन, आम्दानी–खर्च योजना, बचत–लगानीका आधारभूत सिद्धान्त लगायतका महत्वपूर्ण वित्तीय सीपहरू सिक्ने स्मार्टले जनाएको छ।

स्मार्टका अनुसार, नेपालमा वित्तीय ज्ञान कमी हुँदा धेरैले आर्थिक क्षति बेहोर्नुपरेको र गलत आर्थिक निर्णयले भविष्यमा असर पारेको अवस्थालाई परिवर्तन गर्न तालिम उपयोगी हुने विश्वास लिइएको छ।

कार्यक्रम हरेक दिन राति ८ बजेदेखि ९ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। सहभागीहरूले घरमै बसेर सजिलै तालिम लिन सक्ने व्यवस्था गरिएको स्मार्टले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्