विराटनगरको महानगर वहुप्राविधिक शिक्षालयमा आँखा शिविर र संस्थापक पराजुलीको विदाइ कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको महानगर वहुप्राविधिक शिक्षालयमा आँखा शिविर</span> <span class='c2'>र संस्थापक पराजुलीको विदाइ कार्यक्रम सम्पन्न</span>

विराटनगर । आइतबार विराटनगर महानगरमा अवस्थित महानगर बहुप्रविधिक शिक्षालयमा आँखा सिविर संचालन गरिएको छ ।

शिविरमा महानगर बहुप्रविधिक शिक्षालयका प्राचार्य ई. परिवेश पराजुलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमा शिक्षालयका विद्यार्थी र कर्मचारीहरुलाई लक्षीत गरि सञ्चालन गरिएको हो । सो कार्यक्रममा सय भन्दा बढी विद्यार्थी एवं कर्मचारीहरूले सेवा लिएका थिए। उक्त शिविर संचालनमा अरविन्द आइ केयर एण्ड अप्टिकल प्रा.लि, खनारका अप्टोमेट्रीस्ट एण्ड भिजन थेरापिस्ट डा. अविनाश कुमार अमर को समुहले प्राबिधिक सहयोग गरेको थियो। उक्त टोलीले उक्त शिविरमा देखिएका अल्छी आँखा एवं अन्य आँखा सम्बन्धी सम्पूर्ण उपचार एवं सहजीकरणका लागी तयार रहने प्रतिबद्धता जनाएको छ ।

साथै २९ गते सोमबार शिक्षालयका कर्मचारीहरू द्वारा एक समारोह बिच ई. परिबेश पराजुलीको बिदाइ कार्यक्रमको आयोजना गरेका थिए। पाँच बर्षे कार्यकाल सकाएका उक्त शिक्षालयका संस्थापक प्राचार्य समेत रहेका प्राचार्य पराजुलीले शिक्षालयको स्थापनाकाल देखि अनवरत रुपमा बिभिन्न डिप्लोमा लेभलका कार्यक्रम, औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम (अप्रेन्टिसिप) तथा १० महिने तालिमका कार्यक्रम संचालन गर्नुका साथै विराटनगर महानगरपालिका वडा न.५ मा निर्माणाधिन शिक्षालयको आफ्नै भवन निर्माणकालागि समेत उल्लेखनीय भुमिका खेलेको कुरा नि.प्राचार्य प्रल्हाद भट्टले बताए।

विराटनगर क्षेत्र भित्र विभिन्न इन्जिनियरिङ विधाहरुमा दक्ष प्राबिधिक निर्माणको सेतुको रुपमा उदाउदै गरेको विराटनगर महानगरपालिकाको मातहतमा संचालित महानगर बहुप्राबिधिक शिक्षालयको संस्थापक प्राचार्यका रुपमा आफ्नो पाँच वर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेका ई.परिवेश पराजुलिलाइ ओबि परिवार शुभकामना समेत ब्यक्त गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्