नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

<span class='c1'>नेप्से १३.८८ अंकले घट्यो,</span> <span class='c2'>कारोबार रकम पनि खुम्चियो</span>

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ ।

आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर करोबार भएको छ । यो करोबार ६५ हजार ३१२ पटकमा भएको हो । यसदिन एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ ।

यस्तै, आज कारोबारमा आएका मध्ये मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.८४ रुपैयाँले घटेर १४९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन लुम्बीनी विकास बैंक, सन नेपाल लाईफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स र हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्