प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन

<span class='c1'>प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा</span> <span class='c2'>विपद् व्यवस्थापन विभाग’ गठन</span>

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।

बाढी, पहिरो, भूकम्प, महामारीजस्ता प्राकृतिक प्रकोपले समय–समयमा देशभर प्रभाव पार्ने तथा त्यसका प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्र र निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई मध्यनजर गर्दै यस विभाग गठन गरिएको प्याब्सनले जनाएको छ । विगतका वर्षहरूमा विपद्का बेला राहत, सहजीकरण र समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आएको र ती अनुभवलाई संस्थागत रूप दिन यो कदम उठाइएको जानकारी प्याब्सनका महासचिव आरबी कटवालले दिएका छन् । प्याब्सन केन्द्रीय कार्यसमितिको निर्णयअनुसार गठन गरिएको विभागको कार्यविधि तथा सञ्चालन मोडालिटी तयारीको जिम्मेवारी केन्द्रीय उपाध्यक्ष रविन्स शर्मालाई प्रदान गरिएको छ ।

शर्माको संयोजनमा गठन हुने समितिमार्फत विपद् व्यवस्थापन, राहत संकलन, सहयोग वितरण तथा आपतकालीन समन्वयका गतिविधि दिगो र प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा संस्थाले व्यक्त गरेको छ । संस्थाले यस मानवीय तथा संस्थागत सहयोग अभियानमा सम्पूर्ण सदस्य विद्यालय, पदाधिकारी तथा प्रदेश, जिल्ला र पालिका संरचनाहरूलाई सक्रिय सहकार्य र समन्वयका लागि आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्