सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण छिट्टै हुन्छ : उपकुलपति अर्याल

<span class='c1'>सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण</span> <span class='c2'>छिट्टै हुन्छ : उपकुलपति अर्याल</span>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक–शिक्षिकाको स्तर निर्धारण प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन् । पशुपति बहुमुखी क्याम्पसको ४६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उपकुलपति अर्यालले सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारणसम्बन्धी विषय सिनेटबाट पारित भइसकेको जानकारी दिए ।

‘म उपकुलपति भइसकेपछि शिक्षक–शिक्षिकाको स्तर निर्धारणका लागि आवश्यक प्रक्रिया सिनेटबाट पारित गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै समिति गठन गरेर कसरी कार्यान्वयन गर्ने भन्ने निर्णय गरिनेछ । यसमा विश्वविद्यालय प्रशासन क्याम्पसहरूको साथमा रहनेछ ।’

उनले कलेज नवीकरणसम्बन्धी समस्याबारे पनि स्पष्ट धारणा राखे । क्याम्पसहरूले नवीकरणका क्रममा भोग्दै आएका अप्ठ्याराहरू समाधान गर्न विश्वविद्यालय तयार रहेको उल्लेख गर्दै उनले भने, ‘कलेज नवीकरणमा जे जस्ता समस्या छन्, सोझै मसँग वा सम्बन्धित प्रशासनिक निकायसँग सम्पर्क गर्न सक्नुहुन्छ । झन्झटमुक्त ढंगले क्याम्पस नवीकरण गर्ने प्रक्रिया हामी सुरु गर्नेछौं ।’

उपकुलपति अर्यालले पशुपति बहुमुखी क्याम्पसलाई शैक्षिक केन्द्रका रूपमा मात्र नभई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नसमेत आग्रह गरे ।
‘पशुपति क्याम्पसलाई केवल क्याम्पसको रूपमा नभई ‘पशुपति क्याम्पस तथा अनुसन्धान केन्द्र’का रूपमा विकास गर्न अनुरोध गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्