विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि

<span class='c1'>विप्रेषण आप्रवाह ३९.१</span> <span class='c2'>प्रतिशतले वृद्धि</span>

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो ।

२०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १२२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्