क्यान्सरबाट जोगाउन मोरङमा आइतबारदेखि कक्षा ६ मा अध्ययनरत छात्रालाई एचपीभी खोप

<span class='c1'>क्यान्सरबाट जोगाउन मोरङमा आइतबारदेखि कक्षा ६</span> <span class='c2'>मा अध्ययनरत छात्रालाई एचपीभी खोप</span>

विराटनगर । मोरङमा माघ २५ गते आइतबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय मोरङले खोप अभियान सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरी ३ देखि ५ दिनसम्म खोप अभियान सञ्चालन गरिने छ ।
अभियानका लागि आवश्यक सबै तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले जानकारी दिएका छन् । खोप अभियान सञ्चालनका लागि जिल्लाभर ८ सय २७ वटा खोप केन्द्र तोकिएको छ । प्रमुख घिमिरेले एचपीभी खोप दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताए । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समेत यसपटक अनिवार्य रूपमा समेट्ने लक्ष्य रहेको घिमिरेको भनाइ छ ।

एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण मानिन्छ । जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलका अनुसार एचपीभी खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित छ ।

‘यौन सक्रिय हुनुअघि खोप लगाउँदा यसको प्रभावकारिता धेरै उच्च हुन्छ । यसले भविष्यमा महिलालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यन्तै न्यून बनाउँछ । नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोगमध्ये एक हो । हरेक वर्ष १ हजारभन्दा बढी महिलाले यसकै कारण ज्यान गुमाउने गर्दछन् । आगामी वर्षदेखि एचपीभी खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने तयारीसमेत भइरहेको जनाइएको छ । पाठेघरको क्यान्सर न्यूनिकरणका लागि ३० बर्ष माथि उमेरसमूहका महिलाहरूको क्यान्सर स्क्रिनिङको कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्