धनकुटामा लडेर एक पुरुषको मृत्यु

<span class='c1'>धनकुटामा लडेर एक</span> <span class='c2'>पुरुषको मृत्यु</span>

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थानका ५६ वर्षीय लक्ष्मण लिम्बू रहनुभएको छ । धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार छिमेकिको घर छेउमा रहेको फलैचामा बसीरहेको बेला अचानक लड्दा करिव २० फिट तल खसेर उहाँको मृत्यु भएको जानकारी दिनुभयो । लिम्बूलाई लडेर गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगि घटनाको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्