खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना, एक जना घाईते

<span class='c1'>खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर</span> <span class='c2'>दुर्घटना, एक जना घाईते</span>

विराटनगर । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा आज दिउँसो अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेका अनुसार हेलिक्प्टरमा क्याप्टेन सहित ६ जना सवार यात्रु रहेका थिए । जस मध्ये एक जना सामान्य घाईते भएका छन् । उहाँका अनुसार, दुर्घटनामा ५० बर्षिया काजीबहादुर राई घाइते भएको र उनको दाहिने खुट्टामा चोट लागेको उपचारको लागि अस्पताल लगिएको । हेलिक्पटरमा अन्य यात्रुहरु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो । गाउँपालिका अध्यक्ष समीर राईले सुरुमा डिलमा अवतरण गर्न खोजिएको हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचतिर लैजान खोज्दा दुर्घटना भएको सामाजिक संजालमा पोष्ट भएको भिडियो देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्