एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू

<span class='c1'>एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश</span> <span class='c2'>सरकारको प्रयास, यस्ता छन् योजनाहरू</span>

जनकपुर। चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकार लागि परेको छ । मधेश प्रदेश सरकारले ८ वटै जिल्लामा हुने परीक्षालाई मर्यादित बनाउन केही कडा नियमहरू अवलम्बन गर्न लागेको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशको आठ वटै जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केही कडा नियमहरू लागु गर्ने जानकारी दिएकी छन् ।

उनले यस वर्ष परीक्षा केन्द्रमा कुनै मोबाइल फेला परे जफत गरी सोझै नष्ट गर्ने चेतावनीसहितको निर्देशन दिएकी छन् । उनले परीक्षा केन्द्रमा मोबाइललगायतका अन्य उपकरण पूर्णरुपेण बन्देज गरिएको बताइन् ।

मन्त्री तिवारीले परीक्षा केन्द्रमा कर्मचारी होस वा परीक्षार्थी, मोबाइललगायतका वस्तु फेला परेमा तत्कालै जफत गरी नष्ट गर्न सरोकारवाललाई निर्देशन दिएकी छन् । मन्त्री तिवारीले परीक्षा केन्द्रमा पत्रकारलाई समेत निषेध गर्नुपर्ने बताएकी छन् । उनले रिपोर्टिङको नाममा परीक्षा केन्द्रभित्र पत्रकार गएर हलको वातावरण बिग्रिने भएकाले पत्रकारहरूलाई पनि परीक्षा केन्द्रभन्दा बाहिरैबाट रिपोर्टिङ गर्नका लागि आग्रह गरेकी छन् । उनले कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानीको व्यवस्था गरिएको स्पष्ट पारिन् ।

बैठकबाट भएको विभिन्न निर्णय सार्वजनिक गर्दै शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव उज्ज्वल पोख्रेलले परीक्षा केन्द्रमा खटिएका कर्मचारीले समेत मोबाइल परीक्षा हलभित्र लैजान नपाउने निर्णय भएको बताए ।

उनले भने, ‘मधेश प्रदेशमा एसइई परीक्षामा शान्तिपूर्ण, मर्यादित ढंगले सञ्चालन गर्ने, परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने व्यक्ति, कर्मचारीलाई कारबाही गर्ने, केन्द्रमा खटिएका केन्द्राध्यक्ष, कर्मचारी पूर्ण जिम्मेवारी रहनुपर्ने, केन्द्राध्यक्ष बाहेकले कर्मचारीले समेत मोबाइल लैजान निषेध गरिएको छ, उनीहरूको साथबाट मोबाइल भेटिए तत्कालै जफत गर्ने, शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालयलयका तोकिएका कर्मचारीले अनगुमगन गर्ने, स्थानीय तहका शिक्षा अधिकृतले जिल्ला शिक्षा इकाईसँग समन्वय गर्ने र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ ।’
उनले परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहितका कर्मचारीहरूको बेतन विगतमा कम भएकाले परिमार्जन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको बताए ।

यस वर्ष मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने मधेश प्रदेश सरकारले जनाएको छ । शिक्षा तथा संस्कृति मन्त्रालयले एसइई परीक्षालाई मर्यादित बनाउन आवश्यक कदमहरू बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्