सिटिजन्स बैंक कन्चनबारी शाखामा घोटाला, संस्थागत संलग्नता रहेको निष्कर्षमा प्रहरी

<span class='c1'>सिटिजन्स बैंक कन्चनबारी शाखामा घोटाला,</span> <span class='c2'>संस्थागत संलग्नता रहेको निष्कर्षमा प्रहरी</span>

विराटनगर । पाँच करोड ३१ लाख (४० लाख नगद असुलिएपछि) चार करोड ९१ लाख रुपैँया बैंक भित्रैबाटै बैंकका कर्मचारीले अपचलन गरेको घटना अनुसन्धानमा प्रहरीलाई असजिलो परेको छ । यो सिटिजन्स बैंक कञ्चनबारी (राजबंशीचौक) शाखामा भएको अपचलनको घटना हो । यसमा बैंकको आन्तरिक अडिट कारोबार फल्ड देखाएका आधारमा एकजना व्यक्ति विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

तर, घटनामा संलग्न मुख्य व्यक्ति भनिएकी रोजी कँडेल अहिलेसम्म फरार छिन् । प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले यो बैंकको रकम अपचलनमा संस्थागत संलग्नता रहेको आशंका गर्दै आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बहुसंख्यक कर्मचारीको पासवर्ड दुरुपयोग गरेर रकम अपचलन भएको घटनामा एकजनालाई मात्रै कबुल गराउने र उनी विरुद्ध मात्रै उजुरी पर्ने कुराले झन् आशंका सिर्जना गरिदिएको छ ।
मोरङका प्रहरी प्रमुख कबित कटुवालले बैंक भित्रको आन्तरिक संलग्नता बिना रकम निकाल्ने संभावना कम हुन्छ । तर, बैंकले एकजना मात्रै कर्मचारी विरुद्ध अनुसन्धानका लागि जाहेरी दिएको छ । प्रहरी उपरीक्षक कटुवालले मुख्य संलग्नता भनिएको व्यक्ति पक्राउ नपर्दासम्म अरुलाई नियन्त्रणमा लिने बाटो खुलेको छैन । ‘सम्बन्धित संस्थाले आरोपित गरेको व्यक्ति नियन्त्रणमा लिएर उनीसँग गरेको बयानमा खुलेपछि थप व्यक्ति पक्राउ गर्नुपर्ने हुनसक्छ’ प्रहरी उपरीक्षक कटुवालले भने–बैंकले उजुरी दिदाँ समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउँदै दिएको छ । त्यसले पनि आरोपित भाग्न सफल भएको देखिन्छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लि.कन्चनबारी शाखामा हँुदाताका भएको घटनामा संलग्न कर्मचारी सुन्दरहरैंचास्थित सलकपुर शाखा कार्यालयमा सहायक पदमा बढुवा गरेर पठाएपछि बाहिर आएको थियो । ३५ वर्षीया रोजी कँडेल बैंककै सबैभन्दा उत्कृष्ट कर्मचारी बनेर पुरस्कृत हुँदै बढुवा समेत भएकी थिइन् ।  घटना हुँदा बैंकमा शाखा प्रवन्धक अभिषेक अग्रवाल थिए । यसमा संलग्नहरुले बैंकमा नक्कली ऋण खडा गरेर झिकेको भनिएको रकम मिटर ब्याजमा लगाउने गरेको बाहिर चर्चा छ । झिक्ने अनि केहि बेर ब्याजमा लगाउने बैंक भित्रै गिरोह सक्रिय रहेको समेत कतिपयको भनाई छ । तर, आन्तरिक अडिटमा कारोबार फल्ड देखिदाँ त्यसमा संलग्नहरु बहुसंख्यक कर्मचारी भएपनि एकजनालाई मात्रै कबुल गराउने र हस्ताक्षर गराउने अनि धितो समेत एकजनाको परिवारबाट मात्रै भराउने कार्य निक्कै शंकास्पद मानिएको छ । यसमा बैंकले जालसाजी गरेको भन्दै कँडेलका परिवारले अहिले शाखा प्रवन्धक अग्रवालदेखि कोशी प्रदेश कार्यालयका प्रमुखसम्मको मिलेमतो रहेको दावी गर्दै आएका छन् । जबकी बैंकको प्रतिवेदनमा समेत शाखा प्रवन्धक अभिषेक अग्रवाल, जोसेफ आचार्य, सोनिका राउत, विकास श्रेष्ठलाई समेत बैंकले निलम्बन गरेको छ ।

बैंकले रोजी कँडेलका आफन्तबाट ४ करोड ९१ लाख रुपिँयाको जायजेथा धितो जमानिमा लिएको छ । त्यसैगरी दुई कर्मचारी एलिना श्रेष्ठ र उत्सव अधिकारीबाट २०÷२० लाख नगद समेत लिएको थियो । फल्ड कारोबार गरेको ठहर भएपछि कसैबाट नगद असुल्ने अनि कसैबाट धितो लिएर उजुरी हाल्ने कुरालाई परिवारले सहज मानिरहेका छैनन् ।
अपरेशन प्रमुख कँडेलमाथि मात्रै आरोप लगाएर बैंकका शाखा प्रवन्धकका बारेमा बोलिएको छैन । त्यसैगरी ऋण जारी गर्दा कोर बैंकिङ प्रणाली भित्र पर्ने समेत फल्ड कारोबार गर्नमा उतिकै संलग्नता हुने संभावना हुन्छ । प्रहरी उपरीक्षक कटुवालले घटनाको अनुसन्धान सबै कोणबाट भइरहेको बताउँदै संस्थागत संलग्नता छ भन्ने निष्कर्ष नजिक प्रहरी रहेको बताएका छन् । अहिले अनुसन्धानका लागि आवश्यक पर्ने सबै विवरण माग गरेर अध्ययन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्