विश्व स्वास्थ्य दिवशका अवशरमा विराटनगरमा निशुल्क स्वास्थ्य शिविर संचालन

<span class='c1'>विश्व स्वास्थ्य दिवशका अवशरमा विराटनगरमा</span> <span class='c2'>निशुल्क स्वास्थ्य शिविर संचालन</span>

विराटनगर। मंगलबार विराटनगर महानगरपालिकामा एक बृहत् नि:शुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ। विश्व स्वास्थ्य दिवसको विशेष अवसर पारेर विराटनगर-८ स्थित अमर सेवा समितिको प्राङ्गणमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलको प्रमुख आतिथ्यता र स्थानीय वडा नं. ८ का वडा अध्यक्षको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई लक्षित गरी विशेषज्ञ सेवा प्रदान गरिएको छ।

विशेषज्ञ सेवा प्रदानगर्ने चिकित्सकहरु :-

डा. आर.के. मण्डल (जनरल फिजिसियन)
डा. बिबेक सौरभ सिंह (न्यूरो सर्जन)
डा. प्रेसी पन्त (प्रसूति तथा स्त्री रोग विशेषज्ञ)
डा. प्रदिप कुमार (नवजात शिशु तथा बाल रोग विशेषज्ञ)
डा. अनुप पोखरेल (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ)
डा. उत्सव जंग कार्की (नाक, कान, घाँटी विशेषज्ञ)
डा. हरिश यादव (आँखा रोग विशेषज्ञ)
डा. अभिनव श्रेष्ठ (मुख तथा दन्त रोग विशेषज्ञ)
डा. शंकर शाह (रेडियोलोजिष्ट)

नि:शुल्क परीक्षण तथा औषधि वितरण स्वास्थ्य परीक्षणका साथसाथै बिरामीहरूको आवश्यकता अनुसार शिविरमा महँगा मानिने भिडियो एक्स-रे र ईसीजी सेवा समेत पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको छ । साथै, शिविरमा आएका बिरामीहरूलाई नि:शुल्क मधुमेह (सुगर) परीक्षण र विशेषज्ञको सिफारिस अनुसारको औषधि समेत नि:शुल्क वितरण गरिएको छ ।

अतिथि तथा सहभागिता कार्यक्रममा अमर सेवा समितिका अध्यक्ष विमल नेपाल, अस्पताल संयोजक तेजस्वी मण्डल, प्रशासन प्रमुख अनिता कु. गच्छदार, जीवन विकास लघुवित्तका सिइओ सञ्जय कुमार मण्डल, रमेश राय तथा स्थानीय वडा सदस्यहरूको सक्रिय उपस्थिति रहेको छ । स्थानीय बासिन्दाहरूले आफ्नै टोलमा विशेषज्ञ डाक्टरहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा र नि:शुल्क औषधि प्राप्त गर्दा निकै राहत महसुस गरेका छन् । सामुदायिक स्वास्थ्यमा सुधार ल्याउने र सबैका लागि स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ यो शिविर आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्