अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा बढ्यो

<span class='c1'>अन्तर–प्रदेश सार्वजनिक यातायातको</span> <span class='c2'>भाडा बढ्यो</span>

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ ।

चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो । समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ. २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रुपैयाँ २७९२, डिलक्स रुपैयाँ २३२७, सामान्य रुपैयाँ १९३९, सामान्य (समान्य) रुपैयाँ १६६१ कायम गरिएको छ । डिलक्स सेवामा २०% थप भाडा र सुपर डिलक्स सेवामा डिलक्स भाडामा २०% थप भाडा लिन सकिनेछ, जुन ब्लु बुकबाट प्रमाणित हुनुपर्ने सूचना उल्लेख छ ।





यातायात विभागले यात्रुहरूलाई टिकट अनिवार्य जारी गर्न, तोकिएको भन्दा बढी भाडा नलिन, सहुलियत प्राप्त वर्गलाई सुविधा दिन र बस÷मिनीबसमा रात्री चालकको संख्या सुनिश्चित गर्न अनुरोध गरेको छ । उल्लंघन भएमा कानूनी कारबाही गरिने विभागले जनाएको छ । भाडा सूची तथा थप जानकारी विभागको वेबसाइटमा उपलब्ध हुनेछ । साथै, भाडा बढाबढ वा अन्य गुनासोका लागि नागरिकले हेलो सरकार ११११, ट्राफिक प्रहरी १०१/१०३ वा नजिकको यातायात कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्