शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

<span class='c1'>शिक्षामन्त्री पोखरेल र बेलायती</span> <span class='c2'>राजदूत फेनबीच भेटवार्ता</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गरेका छन् । यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गरे । भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे । उनले भने, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’
राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताए ।

उनले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’(अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गरे । राजदूत फेनले नेपाल सरकारको अटिजम स्कुल सञ्चालन गर्ने योजनालाई उच्च सराहना गर्दै त्यसका लागि आवश्यक पर्ने विशेषज्ञता र सहयोगका क्षेत्रहरू पहिचान गरी अघि बढ्न बेलायत उत्सुक रहेको प्रतिबद्धता जनाए । भेटमा दुवै पक्षले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने र शिक्षाका क्षेत्रमा तय गरिएका नयाँ लक्ष्यहरूलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्