इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>इटहरीमा स्कुल बसको</span> <span class='c2'>ठक्करबाट पैदलयात्रीको मृत्यु</span>

इटहरी। इटहरीमा स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका–१६ स्थित पूर्व–पश्चिम सडकखण्डमा सुनसरीको झुम्काबाट कान्छीचोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०९४ नम्बरको नव ज्योति बोर्डिङ स्कुलको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सोही स्थानका अन्दाजी ७१ वर्षीय लेखबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।घटनामा गम्भीर घाइते भएका श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न बस चालक इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय वीरेन्द्र सदा मुसहरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्