मोरङ ६ कि सांसद रुबिना आचार्य आफ्नो निर्वाचन क्षेत्रमा अनुगमनमा

<span class='c1'>मोरङ ६ कि सांसद रुबिना</span> <span class='c2'>आचार्य आफ्नो निर्वाचन क्षेत्रमा अनुगमनमा</span>

विराटनगर। सांसद रुबिना आचार्यले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेकी छन्।

सुन्दरहरैचा नगरपालिका–०५ का गौशाला नयाँ वृन्दावन, जनसेवा पछाडिको कटान क्षेत्र र गोर्खाली टोलमा पुगेर उनले बुढीखोला र गछिया खोलाबाट उत्पन्न सम्भावित जोखिमको अवस्था अध्ययन गरिन्। स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दै उनले कटान नियन्त्रण, नदी व्यवस्थापन र तत्काल आवश्यक हस्तक्षेपका विषयमा जानकारी लिएकी थिइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित सांसद आचार्य पछिल्ला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रूपमा जनसम्पर्क र अनुगमनमा जुटेकी छिन्। स्थानीयस्तरमा बढ्दो कटान जोखिमलाई रोक्न दीर्घकालीन योजना आवश्यक रहेको भन्दै उनले सम्बन्धित निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्