नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि

<span class='c1'>नेप्सेमा झिनो गिरावट, कारोबार रकम</span> <span class='c2'>भने पौने ८ अर्ब माथि</span>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ । परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। यस दिन कुल १ लाख २१ हजार ४३३ पटक कारोबार भएको थियो । आज बजार घटे पनि तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, झापा इनर्जीको शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको छ ।

यता, होटल फरेष्ट इनको शेयर मूल्य भने १०.७५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेको छ । यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्