झापामा सागको मुठामा भेटियो लागु औषध

<span class='c1'>झापामा सागको मुठामा</span> <span class='c2'>भेटियो लागु औषध</span>

दमक । झापामा लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ । लागु औषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछि प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी ५० वर्षीया खैरुन खातुनलाई शङ्का लागेर जाँच गर्दा लागु औषध फेला परेको छ ।

मङ्गलबार साँझ खातुनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । ५० वर्षीया खातुनले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र पाटाको सागको मुठामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लास्टिकसहित चार ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी मङ्गलबार राति दमक नगरपालिका–८, किरात चोकका २२ वर्षीय एलिसराज खरेललाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइ राखेको अवस्थामा प्लास्टिकसहित छ ग्राम ९७० मिलिग्राम र प्लास्टिकबाहेक पाँच ग्राम ७३० मिलिग्राम ब्राउन सुगर तथा डिजिटल तराजु बरामद गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्