काठमाडौं । मकवानपुरमा १३ वटा ओभर लोड टिपरहरुलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौडा उपमहानगरपालि-१९ को नेवारपानीस्थित मनहरिबाट हेटौडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो ।
प्रहरीले म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ नम्बरको टिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले टिपरहरूलाई फेला पारी चेकजाँच गर्दा चुन ढुङ्गा ओभर लोड रहेको तथा अन्य विल नरहेकोले निम्न टिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको १३ वटा टिपरहरूलाई थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।