विराटनगरमा ‘लिडरशिप ल्याब २०२६’ सम्पन्न

<span class='c1'>विराटनगरमा ‘लिडरशिप ल्याब</span> <span class='c2'>२०२६’ सम्पन्न</span>

विराटनगर। विराटनगरमा नेतृत्व तथा टोली निर्माणसम्बन्धी एकदिने तालिम कार्यक्रम "लिडरशिप ल्याब २०२६" सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम वि.सं. २०८३ साल वैशाख १२ गते मोरंग उद्योग व्यापार संघको सभाहलम सम्पन्न भएको थियो।



लियो क्लब अफ विराटनगर सेन्ट्रल, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा तथा लियो क्लब अफ विराटनगर सेन्ट्रल सताब्दीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा करिब ५० जना सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन इन्द्र खत्री (राजन), पीएमजेएफ सेकेन्ड सेन्चुरी एम्बेसडर को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथि वक्ताका रूपमा लायन प्रा. डा. सन्देश दास श्रेष्ठले प्रेरणादायी मन्तव्य राखेका थिए भने प्रमुख प्रशिक्षक लायन सन्दीप दास श्रेष्ठ तथा प्रशिक्षक लियो लायन शंकर मण्डलले सहभागीहरूलाई नेतृत्व विकास, टोली निर्माण, प्रभावकारी सञ्चार तथा व्यक्तिगत विकाससम्बन्धी विषयमा अन्तरक्रियात्मक ढंगले प्रशिक्षण प्रदान गरे। उनिहरूले व्यवहारिक अभ्यास, समूहगत गतिविधि तथा अनुभव आदानप्रदानमार्फत सहभागीहरूलाई नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण मार्गदर्शन गरेका थिए।

कार्यक्रमको समन्वय तथा नेतृत्व लियो पवन काफ्ले, अध्यक्ष, लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गरेका थियो। उनको नेतृत्वमा कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन भएको आयोजकले जनाएको छ। कार्यक्रमभर सहभागीहरूको सक्रिय सहभागिता, ऊर्जा र उत्साहले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। यस कार्यक्रमले युवा पुस्तामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। साथै, यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्