विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

<span class='c1'>विभिन्न स्थानबाट लागू औषधसहित</span> <span class='c2'>५ जना पक्राउ</span>

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका-१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोही स्थानका विकल राईलाई ७० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लाल पत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेको सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्