झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

<span class='c1'>झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट</span> <span class='c2'>ब्राउन सुगरसहित ७ जना पक्राउ</span>

विराटनगर । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मेचीनगर–१३ का रोहन राजबंशी, मेचीनगर–९ का मनिष उप्रेती र मेचीनगर–६ का मिलन कार्की रहेका छन्। उनीहरूको साथबाट ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र झापाको शिवसताक्षी नगरपालिका–७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका–२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारी, सुनसरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का श्यामकुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्