अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

<span class='c1'>अप्रिलमा १ लाख ७ हजार</span> <span class='c2'>९३४ पर्यटक नेपाल भित्रिए</span>

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा कम देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट हो।

तथ्यांक हेर्दा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए भने महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आगमन भएको थियो। यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ।

क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक (३१ प्रतिशत) आएका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन्।

देशगत रूपमा भारत पहिलो स्रोत बजार रहँदा चीन दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन्। भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन्। विशेषज्ञहरूका अनुसार पछिल्लो समय पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव, हवाई उडानमा आएको अवरोध तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमीका कारण पर्यटक आगमनमा प्रभाव परेको देखिन्छ।

पर्यटन क्षेत्रलाई पुनः गति दिन डिजिटल मार्केटिङ सुदृढ गर्ने, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्ने र नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने रणनीति आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्