काठमाडौं । दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्षका रुपमा आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो कार्यकालका उपलब्धि र चुनौतीहरूबारे जानकारी पनि दिएका छन् ।
अध्यक्ष शेर्पाले पदबाट विदा भए पनि राष्ट्र, लोकतन्त्र र शिक्षाको पक्षमा आफ्नो यात्रा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले विगतबाट सिक्दै १२औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।
