रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै

<span class='c1'>रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय</span> <span class='c2'>नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

पार्टीको ‘पार्टी संसद-सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।

पार्टीको ‘पार्टी(सांसद(सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा दिउँसो ३ देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जानकारी दिए ।

कार्यक्रमलाई अर्थपूर्ण रुपमा सम्पन्न गर्न पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिलाई सहभागी आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्