मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुँदै

<span class='c1'>मधेश प्रदेशमा पहिलो पटक</span> <span class='c2'>न्यायिक महोत्सव हुँदै</span>

जनकपुर । मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुने भएको छ । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सवको आयोजना हुन लागेको उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए ।

शुक्रबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रमुख न्यायाधीश कुंवरले उक्त महोत्सवबारे जानकारी दिएका छन् । उनका अनुसार उक्त महोत्सवमा उच्च अदालत जनकपुर र यस अन्तर्गत रहेका विरगञ्ज उच्च अदालत इजलास र सिरहा उच्च अदालत इजलासका साथै पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारीहरुसहित नागरिक समाजको उपस्थिति हुनेछ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृतिक केन्द्रमा हुने उक्त महोत्सवमा जनचेतना जगाउने, न्याय सम्पादनको प्रक्रियाबारे जानकारी गराउने, अदालत र सरकारी वकीलहरुले गर्ने काम कारवाहीबारे जानकारी दिनेलगायतका बृहत कार्यक्रम हुने कायममुकायम प्रमुख न्यायाधीश कुँवरले बताए । साथै परामर्श अन्तरक्रिया, प्रस्तुतीकरणको कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गर्ने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण हुने जनाइएको छ भने कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र गृहमन्त्री फकिरा महतोले पनि सम्बोधन गर्ने कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्