‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा जेनजी युवाहरुको प्रदर्शन

<span class='c1'>‘वी वान्ट सुधन गुरुङ’ भन्दै</span> <span class='c2'>जनकपुरधाममा जेनजी युवाहरुको प्रदर्शन</span>

जनकपुर । जनकपुरधामका जेनजी युवाहरुको एक समूहले ‘वी वान्ट सुधन गुरुङ’ भन्दै प्रदर्शन गरेका छन् ।
शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

उनीहरुले सुरक्षित सारथी सुधन गुरुङ, काम गर्न देउ, आरोपको खेल बन्द गर, भ्रष्टाचारीको खेलमा किन सत्य डराओस, सत्यलाई समय देउ हल्लालाई होइनलगायत लेखिएको प्लेकार्डहरु बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । पूर्वगृहमन्त्री गुरुङ पुनः पदमा आउनुपर्ने भन्दै केही दिन अघि काठमान्डौको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको जनकपुरधामका जेनजी पुस्ताका युवक सुरज कुमार सिंहले जानकारी दिए ।

उनले जेनजी युवा पिढीले गुरुङ पुनः गृहमन्त्री पदमा आएर परिवर्तनका कार्यहरुलाई निरन्तर्ता दिनु माग गरेको बताए ।
तराई मधेशका युवाहरु पनि जागरुक छन् र गुरुङलाई गृहमन्त्री भएर काम गर्न दिनुपर्ने चाहना रहेको जेनजी युवा सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्