नोबेल फेस्टा २०२६ अन्तर्गत खेलकुद सप्ताह आजबाट सुरु

<span class='c1'>नोबेल फेस्टा २०२६ अन्तर्गत</span> <span class='c2'>खेलकुद सप्ताह आजबाट सुरु</span>

विराटनगर । “एकता, ऊर्जा, प्रतिभा र अविस्मरणीय क्षणहरूको उत्सव” भन्ने मूल नारासहित नोबेल फेस्टा २०२६ अन्तर्गत खेलकुद सप्ताहको औपचारिक उद्घाटन गरिएको छ। सिलको सेकुवाको सहकार्य र नोबेल मेडिकल कलेजको आयोजनामा उद्घाटन समारोह सम्पन्न भएको हो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, चिकित्सक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा खेलाडीहरूको आकर्षक प्रदर्शनले कार्यक्रमलाई थप रौनकता दिएको थियो।


कार्यक्रममा बोल्दै शिक्षकहरूले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य भावना तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने विश्वास व्यक्त गरेका थिए। साथै सहभागी खेलाडीहरूलाई सफलताको शुभकामना समेत दिइएको थियो।


कलेज प्रशासनका अनुसार उद्घाटन समारोह सम्पन्न भएसँगै प्रतियोगिताका खेलहरू भोलिदेखि सुरु हुनेछन्। खेलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि सञ्चालन हुनेछन् भने खेलकुद सप्ताह एक सातासम्म चल्ने जनाइएको छ।

प्रतियोगितामा कलेजका विद्यार्थीहरूका साथै शिक्षक, कर्मचारी तथा चिकित्सकहरूको समेत सहभागिता रहनेछ। खेलकुद सप्ताहमार्फत विद्यार्थीहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ। नोबेल मेडिकल कलेजले प्रत्येक वर्ष विधार्थीको लागि खेलकुद गराउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्