आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने

<span class='c1'>आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन</span> <span class='c2'>संघर्षले आएको हो : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौँसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे । उनले भने, ‘यो देशमा एकदलीय, पञ्चायत शासन व्यवस्था थियो । अहिले हामीले कटाक्ष गरेपनि ती राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), विभिन्न कम्युनिष्ट घटक दलहरूले ३० वर्ष अनवरत संघर्ष गरे । ति दलका नेताहरूलाई यस्तो परिवर्तन आउँछ कि आउँदैन भन्ने हेक्का पनि थिएन । आफ्ना कलिला बालबालिकालाई छाडेर लुक्दै र भाग्दै हिँड्नुपरेको थियो । पढ्ने अवसर प्राप्त थिएन तर परिवर्तनका लागि संघर्ष निरन्तर चलिरहेको थियो । उहाँहरूको जीवन जोखिममा थियो । त्यस्तो एकदलीय शासन व्यवस्थालाई पनि चुनौती दिएर एक वर्ष होइन, दुई वर्ष होइन ३० वर्षसम्म संघर्ष गर्दै परिवर्तनको यात्रामा होमिएका थिए ।’ लामिछानेले माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि धेरै नेता तथा कार्यकर्ताले ज्यानको जोखिम मोलेर राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको उल्लेख गरे ।

उनले भने, ‘सशस्त्र द्वन्द्वमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू देशमा परिवर्तन गर्छु भनेर हिँडे । उनीहरूलाई १० वर्ष लाग्छ कि २० वर्ष लाग्छ कि वा हुन्छ कि हुँदैन केही थाहा थिएन । तर अनवरत राजनीतिक रूपमा संघर्ष गर्दै हिँडे । ज्यानको जोखिममा लागेका थिए । कयौँ नेताहरूको टाउकाको मूल्य तोकिएको थियो । कुनै आस्थाको हिसाबले सहमत हुन नसकेपनि उनीहरूलाई परिवर्तन आउँछ कि आउँदैन भन्ने हेक्का पनि थिएन । त्यस्तो संघर्षबाट राजनीति आज यस्तो अवस्थामा आइपुगेको छ ।’उनले अहिलेको राजनीतिक संघर्ष विगतको तुलनामा सहज रहेको भन्दै जनमतमार्फत परिवर्तन सम्भव भएको बताए ।

‘आज हामीलाई थाहा छ, चुनावमा जाँदा बहुमत आउँछ भन्ने सबैलाई थाहा छ । सब थाहा भएको यति सजिलो संघर्ष इतिहासमा भएको थिएन । हामी त्यति सजिलो संघर्षबाट आएका हौँ,’ उनले भने । लामिछानेले विगतका राजनीतिक नेतृत्वले गरेको कठिन संघर्षकै कारण अहिलेको पुस्ताले तुलनात्मक रूपमा सहज वातावरणमा राजनीति गर्न पाएको उल्लेख गर्दै आगामी पाँच वर्ष परिणाममुखी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्