धरानमा छुरा प्रहारबाट युवकको मृत्यु, आरोपी फरार

<span class='c1'>धरानमा छुरा प्रहारबाट युवकको</span> <span class='c2'>मृत्यु, आरोपी फरार</span>

धरान । सुनसरीको धरानमा धारिलो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। आज आइतबार दिउँसो करिब १ः४५ बजे धरान उपमहानगरपालिका–१९ मा स्थानीय युवाहरुबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान–१० निवासी २८ वर्षीय जीवन भुजेल गम्भीर घाइते भएका थिए।

घाइते भुजेललाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएकोमा उपचारकै क्रममा दिउँसो करिब ४ः३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार घटनामा संलग्न धरान उपमहानगरपालिका–१९ का अर्जुन विश्वकर्मा फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्