एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा

<span class='c1'>एचआईभी संक्रमितको संख्या :</span> <span class='c2'>मधेश प्रदेश दोस्रो स्थानमा</span>

जनकपुर । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय सपहीद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङक अनुसार देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेकामा मधेश प्रदेशमा करिब पाँच हजार संक्रमित रहेको देखिएको छ । पहिलो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादवले देशभरकै तथ्याङ प्रस्तुत गर्दै मधेश प्रदेशमा एचआईभी संक्रमितको अवस्था भयावह बन्दै गएको बताए ।

उनका अनुसार मधेश प्रदेशमा हाल ४ हजार ६ सय ८० जना एचआईभी संक्रमित रहेका छन् । तीमध्ये अधिकांश महिला तथा बालबालिका रहेको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ मा करिब एक लाख जनाको एचआईभी परीक्षण गर्दा ६ प्रतिशतमा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा र धनुषा सबैभन्दा बढी जोखिममा रहेको अधिकृत यादवले जानकारी दिए ।

उनका अनुसार पर्सामा १ हजार ५ सय ४ जना र धनुषामा ८ सय ८६ जना एचआईभी संक्रमित रहेका छन् । संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी रहेको छ । कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवले जनचेतनाको अभाव, अशिक्षा, वैदेशिक रोजगार तथा समयमै उपचार नगराउँदा संक्रमितको संख्या घट्न नसकेको बताए । जनकपुरधाममा मात्रै आठसय एचआईभी संक्रमित हुनु चिन्ताजनक अवस्था भएको उल्लेख गर्दै उनले यसको न्यूनीकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्