भिजनमेड प्रिपेरेशन हब : काठमाडौं उपत्यका बाहिर मेडिकल प्रवेश तयारीको उत्कृष्ट गन्तव्य

<span class='c1'>भिजनमेड प्रिपेरेशन हब : काठमाडौं उपत्यका</span> <span class='c2'>बाहिर मेडिकल प्रवेश तयारीको उत्कृष्ट गन्तव्य</span>

विराटनगर । काठमाडौं उपत्यका बाहिर मेडिकल, प्यारामेडिकल तथा एप्लाइड साइन्सेस प्रवेश परीक्षाको तयारीका लागि “भिजनमेड प्रिपेरेशन हब” विद्यार्थीहरूको उत्कृष्ट रोजाइ बन्दै गएको छ । गुणस्तरीय शिक्षण, अनुभवी शिक्षक टोली तथा आधुनिक तयारी प्रणालीका कारण संस्थाले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

संस्थाका अनुसार यहाँ अध्ययन गरेका धेरै विद्यार्थीहरूले विभिन्न मेडिकल तथा स्वास्थ्य विज्ञान सम्बन्धी प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । विशेष गरी एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बी फार्मेसी, बीएमएलटी, बीपीएच तथा बीएस्सी एजी लगायतका कार्यक्रमहरूको तयारी गरिरहेका विद्यार्थीहरूका लागि संस्थाले प्रभावकारी अध्ययन वातावरण प्रदान गर्दै आएको छ ।

भिजनमेड प्रिपेरेशन हबले “एक शिक्षक, एक अध्याय” प्रणालीमार्फत प्रत्येक अध्याय विशेषज्ञ शिक्षकबाट अध्यापन गराउने व्यवस्था मिलाएको छ । यसले विद्यार्थीलाई विषयवस्तु गहिराइमा बुझ्न सहज हुने संस्थाको विश्वास छ ।

त्यसैगरी, नियमित “साप्ताहिक अभ्यास परीक्षा” सञ्चालन गरिनुका साथै मेसिनले पढ्न मिल्ने ओएमआर उत्तरपत्रिका मार्फत परीक्षा लिने अभ्यासले विद्यार्थीलाई वास्तविक प्रवेश परीक्षा वातावरणको अनुभव दिलाउने गरेको छ । संस्थामा “खुला मेडिकल पुस्तकालय” सुविधा समेत उपलब्ध रहेको छ, जहाँ विद्यार्थीहरूले स्वतन्त्र रूपमा अध्ययन गर्न सक्नेछन् ।

विद्यार्थीहरूको मानसिक उत्साह तथा आत्मविश्वास अभिवृद्धि गर्न समय–समयमा “प्रेरणादायी कक्षा” समेत सञ्चालन गरिँदै आएको संस्थाले जनाएको छ । संस्थाका अनुसार नयाँ शैक्षिक सत्रका लागि कक्षा सञ्चालन वैशाख ३१ गतेदेखि सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्