खोपजन्य रोग निगरानी सुदृढ गर्न विश्व स्वास्थ्य संगठन को पहल, बिराट मेडिकल कलेजमा समीक्षा बैठक सम्पन्न

<span class='c1'>खोपजन्य रोग निगरानी सुदृढ गर्न विश्व स्वास्थ्य संगठन</span> <span class='c2'>को पहल, बिराट मेडिकल कलेजमा समीक्षा बैठक सम्पन्न</span>

विराटनगर । खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन (WHO) नेपालको पहलमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा “उप-जिल्ला तहको खोपजन्य रोग निगरानी समीक्षा बैठक” सम्पन्न भएको छ ।

बुधबार अस्पतालको सभागृहमा आयोजित उक्त समीक्षा बैठकमा विभिन्न विभागका चिकित्सक, रेजिडेन्ट, मेडिकल अफिसर, स्टाफ नर्स, वार्ड इन्चार्ज तथा प्यारामेडिक स्टाफको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकमा दादुरा, रुबेला, AFP (तीव्र शिथिल पक्षघात) तथा तीव्र शिथिल पक्षघात लगायत खोपबाट रोकथाम गर्न सकिने प्रमुख रोगहरूको पहिचान, अनुसन्धान तथा रिपोर्टिङ प्रणालीबारे विस्तृत छलफल गरिएको थियो । साथै, रोगको समयमै पहिचान र नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा पनि सहभागीहरूबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा शून्य प्रतिवेदन को महत्त्व, सम्भावित महामारीको प्रकोप को समयमै पहिचान तथा व्यवस्थापन, खोप कार्यक्रमको प्रभावकारिता मूल्यांकन र समुदायस्तरमा निगरानी प्रणाली सुदृढ पार्ने उपायबारे विशेष जोड दिइएको थियो । अन्तर–निकाय समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ ।

उक्त प्रशिक्षण तथा सहजीकरण WHO नेपालकी डा. करिश्मा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले खोपजन्य रोग नियन्त्रणमा निगरानी प्रणालीको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए ।

आयोजकका अनुसार यस प्रकारका समीक्षा बैठकले स्वास्थ्य संस्थाबीच समन्वय बढाउँदै खोपजन्य रोगको नियन्त्रण तथा निगरानी प्रणालीलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्