जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

<span class='c1'>जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक</span> <span class='c2'>गर्न कांग्रेस सांसद केसीको माग</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।
उनले भने, ‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपले सार्र्वजनिक भएको छैन । तसर्थः त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्यज्यूहरुलाई उपलब्ध गराइयोस् ।’

त्यस्तै, उनले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको छानबिनका लागि लिली थापाको संयोजकत्वमा तयार गरिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत रोकिएको भन्दै आपत्ति जनाए । उनले प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।

उनले भने, ‘भाद्र २३ देखि २६ गतेसम्मको हिंसात्मक घटनाको छानविन गर्न मान्य लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ ? त्यो पनि संसदले जानकारी पाउनुपर्यो ।’
केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नेपाली जनता राज्यविहीन र असुरक्षित अवस्थामा रहेको उल्लेख गर्दै यस्ता घटना पुनः दोहोरिन नदिने प्रत्याभूति सरकारले दिनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्