मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित

<span class='c1'>मन्त्रिपरिषद्ले गर्यो २०८३/८४</span> <span class='c2'>को बजेट पारित</span>

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

उनले भने,‘आज बजेट भएको हुनाले एउटा मात्र मुख्य निर्णय गरियो । बजेट वक्तव्य संसदमा पेस गर्नको लागि स्विकृत भएको छ ।’ बजेट स्वीकृतसँगै अर्थमन्त्री डा. वाग्ले संसद भवन पुगेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री डा. वाग्लेले अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेक्रममा ब्रिफकेस नभइ नेपाली कागजबाट बनेको फाइल बोकेर संसद्मा प्रस्तुत हुने कार्यक्रम तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्