दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न

<span class='c1'>दोस्रो जिपी कोइराला अन्तरविद्यालय</span> <span class='c2'>टेबलटेनिस प्रतियोगिता सम्पन्न</span>

विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३” विराटनगरस्थित सहिद मैदान पूर्व रहेको टेबलटेनिस हलमा सम्पन्न भएको छ।

प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब-जुनियर ब्वाइज, सब-जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी ६ विधामा १८ विद्यालयका २२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

क्याडेट गर्ल्स सिङ्गल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलकी तक्ष्वी धनावत प्रथम, अरनिको स्कुलकी आरोही झा द्वितीय तथा अरनिको स्कुलकै रोलिशा चौहान र डिएभी स्कुलकी आरोही साह संयुक्त तृतीय भए।

क्याडेट ब्वाइज सिङ्गल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा प्रथम, बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय तथा बुढानिलकण्ठ स्कुलकै आरुष पोखरेल र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त तृतीय भए।

सब-जुनियर गर्ल्स सिङ्गल्स (कक्षा ६–७) तर्फ श्री श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ प्रथम, बीकेभीएम स्कुलकी रोशिका घिमिरे द्वितीय तथा अरनिको स्कुलकी स्वर्णिमा कोइराला र साइना अधिकारी संयुक्त तृतीय बने।

सब-जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ६–७) तर्फ डीपीएस विराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माध्यमिक विद्यालयका रक्ष बुढा द्वितीय तथा लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त तृतीय भए।

जुनियर गर्ल्स सिङ्गल्स (कक्षा ८–१०) तर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल प्रथम, श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी द्वितीय तथा बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ र आकृति मगर संयुक्त तृतीय भए।

त्यसैगरी जुनियर ब्वाइज सिङ्गल्स (कक्षा ८–१०) तर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय तथा डिएभी स्कुलका विवान अग्रवाल र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त तृतीय भए।

प्रतियोगिताले विद्यालयस्तरमा टेबलटेनिस खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक जिपी कोइराला स्पोर्ट्स एकेडेमीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्