विराटनगर । मनमोहन इन्स्टिच्यूट अफ लद्वारा आयोजित दुइदिने मूट कोर्ट (अदालती अभ्यास) कार्यशाला सम्पन्न भएको छ । विराटनगर–१२ जतुवास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालयमा असार ६ र ७ गते कानुनका विद्यार्थीहरुमा वकालत र बहसकलाको विकासको लागि अदालती अभ्यास कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालामा भारतको एमिटी विश्वविद्यालय स्कूल अफ ल बाट सहायक प्राध्यापक शिवंम राजले स्रोतव्यक्तिको रुपमा सहजीकरण गरेका थिए । कार्यशालाको पहिलो दिनमा अदालती अभ्यासको तयारी र प्रक्रियाबारे सैद्धान्तिक प्रशिक्षण गराइएको थियो ।
कार्यशालाको दोस्रो दिन विद्यार्थीहरुले अदालती अभ्यासको बहस गरेका थिए । कलेका प्राचार्य अधिवक्ता कोषराज न्यौपानेले विद्यार्थीलाई व्यावहारिक ज्ञान र अनुभव हाँसिल गराउनका लागि यस्तो अभ्यास गराइएको जानकारी दिएका छन् । उनले विद्यार्थीमा सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानका आर्जनका लागि अभ्यास गराइने बताए ।
निवा चेम्जोङ\प्रशिक्षार्थी