जनकपुरधाम । जनकपुरधामस्थित चर्चित मोनास्टिक स्कुल/कलेजले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय/कलेजको तर्फबाट उक्त रकम प्रदान गरिएको हो। मोनास्टिक स्कुल/कलेजले विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।
विद्यालय/कलेजले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। मोनास्टिक स्कुल/कलेजले आफ्नो आधिकारिक सन्देशमार्फत “Stay Safe, Stay Strong” भन्दै विपद्बाट प्रभावित सबै परिवार तथा समुदायको साथमा रहेको जनाएको छ।