जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’

<span class='c1'>जेनजी सांसदलाई प्रधानमन्त्रीको सुझाव : राजनीतिलाई</span> <span class='c2'>पेसा बनाउने होइन्,‘साइड बिजनेस पनि गर्नुस्’</span>

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताका सांसदहरूलाई राजनीतिसँगै आफ्नो व्यक्तिगत व्यवसायसमेत गर्न सुझाव दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको जेनजी सांसदहरूसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो सुझाव दिएको सांसद केपी खनालले जानकारी दिए । छलफलमा युवा स्वरोजगार, स्टार्टअप, प्रविधि तथा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।

खनालका अनुसार प्रधानमन्त्री शाहले जेनजी पुस्ताका सांसदहरूले राजनीतिलाई मात्रै पेसा नबनाई आफ्नो व्यक्तिगत आम्दानीको आधार पनि तयार गर्नुपर्ने धारणा राखेका थिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले के भन्नुभयो भने जेनजी पुस्ता, जो तपाईँहरू २५ देखि ३० वर्षको उमेर छ, यो उमेरमा तपाईँहरूले आफ्नो साइड बिजनेस पनि गर्नुस् । यदि जेनजी पुस्ताका माननीयहरू यदि आफ्नो व्यापार व्यवसाय गर्न सक्नुभएन भने भोलिको दिनमा यो संसदीय अभ्यासबाट तपाईँहरू बाहिर जानुपर्ने अवस्था आयो, अर्को चोटिको चुनावमा तपाईँहरू पराजित हुनुभयो भने त्यसपछि के गर्ने त ? त्यसैले तपाईँहरूले आफ्नो साइड बिजनेस पनि गर्नुपर्छ । अहिलेका पुस्ताका नेता भनेको पहिलेको जस्तो केही व्यापार बिजनेस नै नगर्ने अथवा राजनीतिलाई मात्रै पेसा बनाएको र त्यो पेसा अब अन्त्य होस्, राजनीति पेसा होइन, राजनीति सेवा होस् र आफ्नो व्यक्तिगत पेसा पनि होस्, त्यसले गर्दा सजिलो हुन्छ भन्ने उहाँको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्