लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

<span class='c1'>लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५</span> <span class='c2'>गतेदेखि पत्रकार महासंघ आन्दोलनमा</span>

काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।

सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्ने विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै महासंघले विरोध जनाउँदै आएको छ ।महासंघले उक्त कार्यविधि खारेज गर्न यसअघि सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो । समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई समेत पत्राचार गरेको महासंघले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिसका आधारमा समस्या समाधान गर्न महासंघले शुक्रबार पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा गरेको जनाएको छ । माग पूरा नभए पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा सहभागी हुन मातहतका समिति तथा सरोकारवालालाई महासंघले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्