टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो

<span class='c1'>टनेलको जालीभित्र अल्झिएको र हिलोमा</span> <span class='c2'>दबेको ११ वटा शव निकालियो</span>

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव भेटिएको छ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा थप ११ शव फेला परेका हुन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ। यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्