अर्थमन्त्रीको भारत भ्रमण निकै उपलब्धिपूर्ण रह्यो : रास्वपा

<span class='c1'>अर्थमन्त्रीको भारत भ्रमण निकै</span> <span class='c2'>उपलब्धिपूर्ण रह्यो : रास्वपा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ ।
आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धिपूर्ण र राम्रो भएको बताए ।

नेपालको सन्दर्भ जोड्दै उनले भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले बसेको कोठामा भारतीय झण्डा मात्र देखिएको विषयमा प्रश्न उठाइएको भन्दै त्यसको स्पष्टीकरण दिए । उनले भने, ‘झण्डाको विषय सामान्य हो । भारतको अर्थमन्त्रीज्यूको कार्यकक्षमा भेट भएकाले त्यहाँ नेपालको झन्डा नराखिएको हो । द्विपक्षीय भेटघाट बाहिर अर्को कोठामा थियो । भारतका वित्तमन्त्रीको आफ्नै कार्यकक्षमा केही समय सामान्य कुराकानी गर्दाको तस्विर सार्वजनिक भएको हो ।’ खरेलले औपचारिक द्विपक्षीय संवादमा भने दुवै देशका झण्डा राखिएको स्पष्ट पारे ।

उनले भने, ‘दुवै तर्फको प्रतिनिधिमण्डल (डेलिगेट्स) सहितको औपचारिक द्विपक्षीय संवादमा प्रशस्त मात्रामा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा छन् । अर्थमन्त्री डा. वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा छ । झण्डा एउटा प्राविधिक कुरा हो । तर त्योभन्दा महत्वपूर्ण कुरा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धी के हो भन्ने हो । भ्रमण निकै उपलब्धिपूर्ण रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्