सुदूरपश्चिमको हवाई भाडा घटाउन सांसद अवस्थीको माग

<span class='c1'>सुदूरपश्चिमको हवाई भाडा घटाउन</span> <span class='c2'>सांसद अवस्थीको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन् । उनले व्यंग्यात्मक शैलीमा नेपालको आन्तरिक उडानलाई यात्राका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिमको हवाई भाडा विमानभन्दा पनि तीव्र गतिमा बढिरहेको टिप्पणी गरिन् ।‘नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ । कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ,’ उनले भनिन् । अवस्थीले चार जना परिवार घर फर्किनुपर्दा महँगो हवाई टिकट किन्न मोबाइलसमेत बेच्नुपर्ने अवस्था आउन सक्ने भन्दै भाडा वृद्धिप्रति व्यंग्य गरिन् । महँगो भाडाबाट उम्किने कुनै आपत्कालीन द्वार नरहेको उनको भनाइ थियो । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा तथा दशैंजस्ता चाडपर्वका समयमा हवाई भाडा बढ्ने गरेको उल्लेख गर्दै उनले एयरलाइन्स कम्पनीहरूले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ भने पनि नागरिकले त्यसलाई ‘बाध्यताको मूल्य’का रूपमा बुझ्ने बताइन् ।

‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो अवस्था छ । दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइयोस्,’ उनले भनिन् । उनले एयरलाइन्स कम्पनीहरूलाई भाडा घटाएर नागरिकलाई सहज रूपमा घर फर्किन सक्ने वातावरण बनाउन आग्रह गरिन् । भाडा होइन, नाफा कमाउनुस् नागरिकको बाध्यता होइन भन्दै उनले चाडपर्वका समयमा सर्वसाधारणलाई सहज हुने गरी हवाई भाडा निर्धारण गर्न आग्रह गरिन् । सांसद अवस्थीले सुदूरपश्चिमलाई ‘दूर’ नभई सहज पहुँचको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्