म कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा आएको होइन् : सांसद खत्री

<span class='c1'>म कुनै राजनीतिक रहर वा पदको लालचमा</span> <span class='c2'>संसद्मा आएको होइन् : सांसद खत्री</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उनले बताइन् । उनले भनिन्, ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर वा पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा हो । मेरो कोखमा नौ महिना हुर्किएर, ताते–ताते गर्दै मेरा आँखा सामुन्ने बढेको मेरो मुटुको टुक्रा यतिबेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो । एउटा विश्वास र पवित्र यात्रा हो ।’ उनले जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाए आफूले सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि हिचकिचाहट नगर्ने बताइन् । उनले भनिन्, ‘आज पनि कसैले मेरो छोरो जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु ।’ सांसद खत्रीले आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाइन् । उनले आफ्नो व्यक्तिगत पीडामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरिन् ।

आफ्नो छोरा शहीद भए पनि अब अन्य आमाका छोराहरूले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उद्देश्यले सरकारलाई खबरदारी गर्न संसद्मा आएको उनले बताइन् । सरकारसँग आफ्ना थुप्रै प्रश्न र असहमति रहेको भए पनि आफू जिम्मेवार भएर बोलिरहेको उनले बताइन् । शहीदकी आमाको अपमान हुँदा सरकार मौन बस्न नहुने भन्दै उनले शहीद तथा घाइतेका परिवारको अवस्था सम्बोधन गर्न सरकारसँग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्