बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने

<span class='c1'>बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३</span> <span class='c2'>करोड १० लाख अमेरिकी डलर दिने</span>

काठमाडौं । अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले न्युयोर्कमा परराष्ट्र मन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेको नेपाल स्थीत अमेरिकी दुतावासले जानकारी दिएको छ । दुतावासका अनुसार उपविदेश मन्त्री हुकरले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन् ।

अमेरिकाले आवश्यकताअनुसार निर्माण गरिने स्थायी पुलका लागि १ करोड डलर उपलब्ध गराउने योजना बनाएको छ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने र बाढी प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनस्र्थापना तथा क्षेत्रीय कनेक्टिभिटी सुधारमा प्रयोग गरिने जनाइएको छ । त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका लागि थप ८० लाख डलर उपलब्ध गराउने घोषणा गरिएको छ ।

विपद्पछिको पुनस्र्थापना कार्यलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोनका लागि पनि १ करोड ३० लाख डलर उपलब्ध गराउने अमेरिकी विदेश मन्त्रालयको योजना छ । नयाँ घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ । अमेरिकाले आवश्यकताका आधारमा सहायता पु¥याउन नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्