कोशी गाउँपालिकाका नागरिकलाई जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट

<span class='c1'>कोशी गाउँपालिकाका नागरिकलाई जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न</span> <span class='c2'>स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट</span>

सुनसरी। कोशी गाउँपालिकाका नागरिकले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका छन्। कोशी गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनबीच गाउँपालिका वासीलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएसँगै यस्तो व्यवस्था गरिएको हो।

अशोज ७ गते बुधवार भएको समझदारीपत्रमा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट संचालक तथा प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र कोशी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कोशी गाउँपालिकाका बासिन्दा, स्थानीयतह अन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्।सम्झौता अन्तर्गत ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटी स्क्यान तथा एम.आर.आई लगायतका स्वास्थ्य सेवामा सेवा तथा सम्झौतामा तोकिएको प्रावधानअनुसार १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ । अस्पताल र गाउँपालिकाबीच भएको यो सहकार्यले कोशी गाउँपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि लाग्ने खर्चमा राहत पुग्नुका साथै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवामा उनीहरूको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गरिएको यस समझदारीलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण सहकार्यका रूपमा लिइएको छ।

समझदारी पत्रको अवधि असोज ७ गतेदेखि एक वर्ष रहनेछ। आवश्यकता र आपसी सहमतिका आधारमा दुवै पक्षले सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ। मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न विशेषज्ञ ओपीडी, आकस्मिक सेवा, आईपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू तथा सीसीयू लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन् । अस्पतालमा अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। यस सहकार्यबाट कोशी गाउँपालिकाका नागरिकले विशेषज्ञ परामर्शदेखि आधुनिक निदानात्मक सेवा तथा उपचारसम्मका स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय नागरिकलाई उपचारमा आर्थिक राहत प्रदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले दुई संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्