त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

<span class='c1'>त्रिशूली नदीमा जलसतह सतर्कता तह</span> <span class='c2'>पार, सतर्कता अपनाउन आग्रह</span>

काठमाडौं । नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो । महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्